Thứ Năm, 5 tháng 3, 2015

<<<<<<<<<<<<<<<<<< नेपालमा मोदीका विरोधी ‘पाखन्डी’ >>>>>>>>>>>>>>>>>>>>> भारतीय नेतृत्वलाई भट्टराईको ‘अपडेट’ भारत भ्रमणमा रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले आफू भारतीय नेतृत्वलाई नेपालको राजनीतिक स्थितिबारे अपडेट (अद्यावधिक जानकारी) गराउन आएको भनेपछि कुटनीतिक क्षेत्रमा खैलबैला मच्चिएको छ। दि हिन्दुलाई बुधबार भट्टराईले दिएको अन्तर्वार्तामा भनेका छन्- म यहाँ नेपालमा के भइरहेको छ भन्ने ‘अपडेट’ गराउन चाहन्छु। कुटनीतिक क्षेत्रका ज्ञाताहरू भट्टराईजस्तो सुशिक्षित व्यक्तिले जानेरै ‘अपडेट’जस्तो भारी शब्दको प्रयोग गरेको बताउँछन्। उनले कुटनीतिक सम्पादक सुहासिनी हैदरलाई दिएको अन्तर्वार्ताको भिडियोमा उनको आवाजमा समेत ‘अपडेट’ शब्द प्रष्टै उल्लेख छ। एक कुटनीतिक क्षेत्रका ज्ञाताले नाम उल्लेख नगर्ने शर्तमा सेतोपाटीलाई भने, ‘कुनै टाइमबाउन्ड असाइनमेन्ट (समयबद्ध जिम्मेवारी) पाएको व्यक्तिले मात्र ‘अपडेट’ गर्नुपर्छ। यसरी जानकारी गराउने व्यक्तिले कुनै काम भएन भने किन भएन भन्ने स्पष्टीकरणसमेत दिनु पर्ने हुन्छ।’ ‘यत्तिको पढे-लेखेका व्यक्तिले यो शब्द किन छानेँ आफैंमा अनौठो छ,’ ती कुटनीतिज्ञले भने। भट्टराईले नेपालमा मोदीको आलोचना गर्नेहरूलाई ‘हिप्पोक्रेट्स’ भनेर आलोचनासमेत गरेका छन्। नेपालको संविधानसभामा अर्को अवरोध आएको र एमाओवादी नेतृत्वका विपक्षी दलहरू आन्दोलनका निम्ति सडकमा आएको उल्लेख गर्दै भारतले यो प्रक्रियामा कस्तो भूमिका खेल्नुपर्छ भन्ने प्रश्नको सेरोफेरोमा अन्तर्वार्ता घुमेको छ। तपाईं भारतको नेतृत्वबाट के चाहनुहुन्छ भन्ने प्रश्नको जवाफमा भट्टराईले नेपालका केही राजनीतिक शक्तिहरूले शान्तिप्रक्रियामा उनीहरूले दिएका आश्वासन बिर्सेको बताएका छन्। उनले भनेका छन्- शान्ति प्रक्रिया सबैको चासोको विषय भएको हुनाले मेरो दिल्ली भ्रमणका क्रममा म यहाँको नेतृत्वलाई नेपालमा के भइरहेको छ भन्ने अपडेट गर्न चाहन्छु, भारतमा रहेका हाम्रा साथीहरूको विचार बुझ्न चाहन्छु। तपाईंले प्रक्रियामा भारतले भूमिका खेल्नुपर्छ भन्नु भएको छ, ‘सहयोग’ र ‘हस्तक्षेप’लाई कसरी छुट्याउन सकिएला? भन्ने प्रश्नको जवाफमा भट्टराई आफूले भारतको हस्तक्षेप ननिम्त्याएको प्रष्ट पार्दै स्वतन्त्र मुलुक नेपालका नेताहरू के ठीक हो भन्ने आफैं निर्णय गर्न सक्षम रहेको बताएका छन्। ‘तर म संविधानसभामार्फत् संविधान निर्माण शान्तिप्रक्रियाको अंग भएको बताइरहेको छु। शान्तिप्रक्रिया भएन वा द्वन्द्व भड्कियो भने यसले छिमेकी भारत र चीनलाई मात्र होइन, सबै छिमेकीलाई प्रभाव पार्छ। तर, हामी भारतसँग सबैभन्दा धेरै जोडिएका हुनाले उसलाई सबैभन्दा बढी प्रभावित हुन्छ,’ उनले भनेका छन्, ‘यस अर्थमा नेपाल स्थितिप्रति सजग हुनुपर्छ। र, मैले हस्तक्षेप गराउन खोजिरहेको छैन। बरु छिमेकीका रूपमा शान्तिप्रक्रिया निष्कर्षमा पुर्‍याउन सकारात्मक भूमिकाको अपेक्षा गरिरहेको छु।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सन् २०१४ मा नेपाल भ्रमणमा आएपछि शान्तिप्रक्रिया ‘बहुमत’ बाट होइन, ‘सहमति’बाट टुंग्याउनु पर्छभन्दा राजनीतिक क्षेत्रमा उनको आलोचना भएको भट्टराईले उल्लेख गरेका छन्। यस अवस्थामा भारतले सहयोग गर्दा त्यस्तै आलोचना हुने खतराबारे सोधिएको प्रश्नमा भट्टराईले आलोचना गर्नेहरूलाई ‘हिप्पोक्रेट्स’ (पाखन्डी)समेत भनेका छन्। ‘विरोध गर्नेहरू पाखण्डी हुन्,’ उनको जवाफ छ- ‘यी तिनै मानिस हुन्, जो भारतमा आउँछन् र आफ्नो व्यक्तिगत फाइदाका लागि सहयोगको याचना गर्छन्।’ उनले मोदीको विरोध गर्ने व्यक्तिहरूलाई ‘नेपालीको आवाज’ नभएको पनि उनले आरोप लगाएका छन्। ‘त्यो नेपालीको आवाज होइन। नेपाली जनता यसअघि भएका सहमति विशेष गरी बृहत शान्ति सम्झौताका आधारमा शान्तिप्रक्रिया टुंगिएको हेर्न चाहन्छन्। शान्ति प्रक्रियामा छिमेकीको रुची हुनुपर्छ र छ पनि। र, उनीहरू नेपालमा प्रत्यक्ष हस्तक्षेप नगरी सकारात्क भूमिका खेल्न सक्छन्। यस अर्थमा मोदीका दुवै भ्रमणमा व्यक्त विचारलाई नेपालमा सकारात्मक रूपमा लिइएको छ।’ तपाईंले भारतका आलोचकहरूलाई पाखन्डी भन्नुभयो तर एमाओवादीले किन असजिलो विपक्षीको भूमिका खेलिरहेको छ भन्ने बुझिरहेको छैन भन्ने उल्लेख गर्दै एमाओवादी किन समस्याको कारण भएको हो भन्ने प्रश्नमा नेता भट्टराईले भने- एमाओवादी भएकै कारण शान्तिप्रक्रियाले निरन्तरता पाएको हो। नेपालमा चीनको प्रभाव बढ्दै गएको सन्दर्भमा भट्टराईले भारतलाई अरुभन्दा निकट रहेको बताएका छन्। @ Setopati.com

0 nhận xét:

Đăng nhận xét